आज नेपाल र श्रीलंका भिडने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार १०:१६

gameएएफ्सी अण्डर फोर्टिन महिला फुटबल प्रतियोगिताको तेस्रो खेलमा वुधबार नेपालले श्रीलंकासँग खेल्नेछ । खेल अपरान्ह ४ बजे दशरथ रंगशालामा हुनेछ । यसअघि लगातार दुई खेल जित्दै नेपाल प्रतियोगिताको सेमीफाईनल नजिक पुगीसकेको छ । उद्घाटन खेलमा ईरानलाई हराएको नेपालले हिजो भएको दोस्रो खेलमा माल्दिभ्समाथि १०-० को फराकिलो जित हासिल गर्‍यो । नेपाललाई जिताउने क्रममा रेखा पौडेल र निर्मला उपाध्यायले ह्याट्रिक गर्दा मनिषा राउतले २ तथा सम्झना लावती र मञ्जली कुमारीले एक एक गोल गरे ।

हिजै ललितपुरस्थित आर्मीको खेल मैदानमा भएको खेलमा ईरानले श्रीलंकालाई ११-१ को फराकिलो अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा भएको भारत र बंगलादेशबीचको खेल भने बराबरीमा सकिएको छ । प्रतियोगितामा दक्षिण एसिया र मध्य एसियाका सात टिम सहभागी छन् । नेपालको समूहमा ईरान, श्रीलंका र माल्दिभ्स छन् भने अर्को समुहमा भारत, भुटान र बंगलादेश छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१