धादिङ,९ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउं विकास समिति वडा नम्बर ५ झयाप्रे खोलामा जी जे १४ एक्स ९९०० नम्बरको भारतीय पर्यटक बोकेको बस दुर्घटना हुंदा मृतकको संख्या १३ पुगेको छ । घटनास्थलमै १२ जनाको ज्यान गएको थियो । जसमा सात महिला र पाँच पुरूषको शव फेला परेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । त्यस्तै गम्भीर घाइते एकको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको हो । मृतकहरूको पहिचान हुन सकेको छैन् । दुर्घटनामा परी ३६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको उद्धार जारी रहेको पनि प्रहरीले जनाएको छ ।
काठमाडौंबाट गोरखपुर जादै गरेको सो बस सडकबाट करिव तीन सय मिटर तल खोलामा खसेको थियो । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा उद्धार कार्य भइरहेको छ । काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको बस नागढुंगाबाट केही अगाडि पुगेपछि सडकबाट झण्डै १०० मिटर तल खसेको हो ।
प्रतिक्रिया