काठमाडौं ९ वैशाख । धादिङको झ्याप्रेखोलामा आज विहान भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय नम्बरको बस नागढुंगाबाट केही अगाडि पुगेपछि सडकबाट झण्डै १०० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । बसमा ५१ जना यात्रु थिए ।त्यस्तै
जावलाखेलमा बस दुर्घटना हुँदा १८ भन्दा बढी घाइते, तीन जनाको अवस्था अत्यन्त गम्भीर
जावलाखेलमा बस दुर्घटना हुँदा १६ बसका यात्रु र दुई मोटरसाइकलमा सवार घाइते भएका छन् । घाइतेमध्ये केहीको अल्का हस्पिटल र केहीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
ललितपुरको बुङमतीबाट रत्नपार्क जाँदै गरेको बा२ख ३५० नम्बरको बस जावलाखेलमा साइकललाई बचाउन खोज्दा अनियन्त्रित भएर पल्टन पुगेको जावलाखेल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया