काठमाडौं देखि पोखराको शान्तिस्तूमा शान्ति दौड सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार १५:०४

विश्व शान्ति, स्थायीत्व र शान्ति स्तूप पोखराको संरक्षणार्थ काठमाडौंको बौद्धस्तूपबाट शान्ति दौड सुरु भएको छ । बौद्धस्तूपबाट सुरु भएको शान्ति दौड ६ दिन पछि पोखराको शान्तिस्तूमा पुगेर समापन हुने छ । खास्ति नेवाः पुचःको अगुवाईमा सुरु भएको शान्ति दौड धादिङको गल्छी, मुग्लिङ, दमौलीहुदै नगरको बिभिन्न भागको परिक्रमापछि पोखरा पुगेर समापन हुने छ । २५ सय ५९ औं बुद्धजयन्ती तथा नव वर्षको अवसर पारेर शान्ति स्तुप संरक्षण गरौ भन्ने नारासहित सुरु भएको शान्ति दौडमा दक्षिण एसियाली कीर्तिमानधारी धावक बैकुण्ठ मानन्धर, बरिष्ठ गितकार तथा भेट्रान धावक बुद्धवीरलामासहित राष्ट्रिय खेलाडी सहभागी छन् । दौंडसंगै बाटोमा पर्ने बिभिन्न शहरमा आर्थिक संकलनसमेत हुनेछ । संकलित रकम शान्ति स्तुप पोखराको संरचना निमार्णको लागि हस्तान्तरण गरीने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१