महामारीबाट जाजरकोटमा फेरी २ जनाको मृत्यु,मर्नेको संख्या २६ पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार १४:५७

काठमाडौं,८ बैशाख । एक महिनादेखि जाजरकोटमा फैलिएको मौसमी फ्लुको महामारीबाट मंगलबार विहान थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पजारु गाविस ५ का ६६ वर्षीय परिमल सार्की र रामीडाँडा गाविस ७ का ६५ वर्षीय लालबीर नेपाली छन् ।  सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार योसहित स्वाइन फ्लु र मौसमी रुघाखोकीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ।

jajarkot-hospitalरामीडाँडामा अहिले बिरामीको सङ्ख्या बढेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका सबै ठाउँमा सञ्चालन भइरहेका सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम, विवाह, व्रतबन्ध र अन्य कार्यक्रम स्थिति सामान्य नहुन्जेलसम्मका लागि बन्द गर्न प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले निर्देशन दिएका छन् । सरकारले जाजरकोट महामारी नियन्त्रण आउन थालेको दाबी गरे पनि प्रकोप फैलने र मृत्यु हुने क्रम भने अझै रोकिएको छैन । महामारी नियन्त्रणको लागि मंगलबार पनि जिल्लाका बिभिन्न स्थानमा औषधि र स्वास्थ्यकर्मी पठाउने काम जारी छ । तर प्रकोप फैलने क्रम पुरानो ठाउँमा कम भए पनि नयाँ ठाउँमा देखा पर्न थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१