मादी सेती नदीले लोभ्यायो पर्यटक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार १४:५३

tauतनहुँ, ८ वैशाख  । मादी सेती नदीमा ¥याफ्टिङ गर्न आउने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नदीमा बहाव कम र पानी सफा हुँदै गएका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । मादीको पुलबाट सुरु गरिने सो ¥याफ्टिङ सुडेको पुल, मास्तीघाट, सराङघाट, देवघाट हुँदै चितवनको त्रिशूली घुमाउनेसम्मको करिब ३२ किलोमिटर लामो यात्रा गर्न सकिने हुन्छ ।
“यहाँ पर्यटकको आकर्षण बढ्दै गएको छ” जलविहारमा आउनुभएका गाइड कृष्ण लामाले भने । उक्त नदीमा ¥याफ्टिड गर्दा हरियाली अग्ला डाँडाकाँडाको मनोरम दृश्य हेर्न सकिने भएकाले पनि पर्यटकका लागि यो नदी आकर्षण बन्दै गएको लामाले बताए । मादी सेतीमा ¥याफ्टिङ गर्न अन्य नदीको तुलनामा सुरक्षित स्थल मानिने उहाँको भनाइ छ । “पोखरा आउने अधिकांश पर्यटक मादी सेती नदीमा ¥याफ्टिड नगरी फर्किदैनन्” लामाले भने । नदीमा आन्तरिक भन्दा बाह्य पर्यटक जलविहारमा बढी आउने गरेका वताइएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१