सोनीले पातलो टिभी ल्याउदैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार १२:०८

sony tvइलेक्ट्रोनिक्स सामान निर्माता कम्पनी सोनीले आइफोन सिक्स भन्दा पातलो टेलिभिजन बजारमा ल्याउने भएको छ । सोनीले सुपर थिन अल्ट्रा एचडी ४के (युएचडी) टेलिभिजन बजारमा ल्याउन लागेको छ । यो टेलिभिजनको सबैभन्दा पातलो विन्दुको मोटाइ शुन्य दशमलव दुई इन्चको मात्र छ । जुन आइफोन सिक्स भन्दा पनि पातलो हो । सोनीले यो पातलो टेलिभिजन एक्स ९०० सी र एक्स ९१०सी गरी दुई वटा मोडलमा ल्याउन लागेको छ । एक्स ९०० सी मोडलको टेलिभिजन ५५ र ६५ इन्चको स्क्रिनमा उपलब्ध हुने छ भने एक्स ९१० सी को स्क्रिन ७५ इन्चको छ । यो टेलिभिजनको पिक्चर क्वालिटी पनि राम्रो रहेको सोनीले जनाएको छ । गुगलको एन्ड्रोइट टिभीसँग सहकार्य गरेर बजारमा आउने यो टेलिभिजनमा गुगल प्ले, नेटफिलिक्स, हुलु तथा युट्युवको सुविधा पनि हुने छ । टेलिभिजनको मुल्य कति पर्ने छ भन्ने सोनीले खुलाएका छैन । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१