अमेरिकामा नेपाली समाजको अन्तरक्रिया कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार १०:५९

अमेरिका ८ वैशाख । अमेरिकामा नेपालका हालका बार एशोसियसनका केन्द्रीय कोषाध्यक्ष श्री मोहन इङ्गनामसंग अन्तरक्रिया कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ । संसार भरिका कानून ब्यबसायीहरुको अमेरिकामा भएको सम्मेलनमा सहभागी हुन् आएका इङ्ग्नाम टेक्सासको ड्यालस निजि भ्रमणका सिलशिलामा स्थानीय नेपाली समाजले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा श्री इङ्गनाम हामी अमेरिकामा बसीरहेका नेपालीहरुलार्इ नेपालमा बन्न लागेको संविधान तथा अहिलेको परिस्थितिको वारेमा नेपाली राजनीतिको कानुनी समाधानको सम्बन्धमा आफ्नो विचार राखेका थिए। कार्यक्रममा अर्का अतिथि नेपाल सरकारका पूर्ब मन्त्री कमल चौलागाई संग पनि अन्तरक्रिया गरिएको थियो।

nepali samajपूर्ब मन्त्री चौलागाईले नेपाली राजनीतिमा बाहिर नआएका केही तथ्यहरुको जानकारी गराउदा सहभागीहरुले निकै चासो पुर्बक जिज्ञासा राखेका थिए। पूर्ब मन्त्री चौलागाईले यतिखेरको नेपाली राजनीति र नेपालकै भविष्य तीन ठूला पार्टीको प्रमुख नेताहरुको बिबेकमा मात्र रहेको बताएका थिए। कार्यक्रमको सञ्चालन नेपाली समाजका महासचिब विजयराज भट्टराईले  गरेका थिए भने कार्यक्रममा समाजका निबर्तमान अध्यक्ष डा.प्रेम अधिकारी, च्याम्बर ऑफ़ कमर्स डालसका संयोजक बाशु भण्डारी, प्रा.प्रभात दिक्षित लगायतले आ-आफ्नो विचार राखेका थिए। झन्डै ५० सहभागी बीच सम्पन्न उक्त कार्यक्रम झन्डै ९० मिनेट चलेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१