कोलकाता तेस्रो स्थानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार १०:४८

criket4इंण्डिन प्रिमियर लिग क्रिकेट आईपिएल टि ट्वेन्टी अन्तर्गत गएराती सम्पन्न खेलमा कोलकाता नाईट राईडर्सले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको छ । दिल्लीको फिरोज शाह कोट्ला रंगशालामा सम्पन्न खेलमा पहिले व्याटिङ गरेको घरेलु दिल्लीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनायो । दिल्लीका लागि मनोज तिवारीले ३२ रन तथा श्रेयस आयरले ३१ रन जोडे । जवाफमा १ सय ४७ रनको सामान्य लक्ष्य कोलकाताले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । कोलकाताको लागि गौतम गम्भिरले ६० रन ताथ योसुफ पठानले अविजित ४० रनको योगदा नदिए । जितसँगै कोलकाता चार खेलबाट ६ अंकको साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र किङ्स ईलेभन पञ्जाव भिड्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१