हवाई कारवाहीमा २५ जना मारिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार १०:३८

hhhएजेन्सी । यमनको राजधानी सानास्थित हुथी बिद्रोहीको आधारशिविरमा हवाई कारवाही हुदा ठूलो क्षती भएको छ । कारवाहीमा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने ३ सय भन्दा बढी घाइते छन् । फाज अटान क्षेत्रमा राष्ट्रपति भवन नजिकै हवाई कारवाही भएको बीबीसीले उल्लेख गरेको छ ।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा रहेको सिया हुथी बिद्रोही समुहविरुद्ध गत मार्चयता हवाई कारवाही तीब्र पारेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी हिंसाका कारण अहिलेसम्म १ लाख ५० हजारभन्दा बढी बिस्थापित भएका छन् भने १ करोड २० लाख भन्दा बढीलाई खाद्यान्न अभाव रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१