आफ्नै प्रेमिका जियालाई भूवनले भने ‘भल्गर’ नायक भूवन केसी र नायिका जिया केसीको सम्बन्धको चर्चाले नेपाली मिडियामा चर्चा पाएको लामै समय भैसकेको छ । भूवन र जिया लिभिङ टूगेदरमा रहेको खबर पनि बारम्बार समाचारमा छाइरहन्छ ।
भूवन र जिया धेरै पटक एकसाथ देखिएकाले पनि यस्तो चर्चा चलेको हो । भूवनको घरमा जानेहरुले जियालाई उनको घरमा धेरै पटक देखेको बताउँछन् । तर, नायक भूवन केसीले भने जिया आफ्नो मिल्ने साथी मात्र भएको बताएका छन् । जिया आफ्नो शुभचिन्तक भएको भूवनको भनाई छ ।
तर, भूवन र जियाले एकअर्काको सम्बन्ध लुकाउन खोजेपनि छिपेको छैन । उनै भूवन केसी अहिले आफ्नो नयाँ चलचित्र ‘ड्रिम्स’को छायांकनका लागि मुस्ताङ पुगेका छन् । छोरा अनमोल केसीलाई मुख्य नायकको रुपमा खेलाउँदै भूवनले यो चलचित्रको छायांकन सुरु गरेका हुन् ।
यो चलचित्रमा भूवनले नायिकाको रुपमा २ यूवतीलाई छानेका छन् । यही चलचित्रबाट भूवन निर्देशकको रुपमा देखिदैछन् । उनले कलाकारितामा जस्तै निर्देशकमा पनि सफल हुने विश्वास व्यक्त गरेका छन् । नेपाल समचारपत्रको पेज थ्रीसँग कुरा गर्दै भूवनले जियालाई यो चलचित्रमा नायिकाको रुपमा नखेलाउनुको कारण पनि खुलाएका छन् ।
भूवनले भनेका छन्-‘जियालाई लिनलाई मैले त्यस्तो भल्गर चलचित्र बनाउन लागेको होइन । यो विशुद्ध टिनेज लभस्टोरी बिषयमा छ ।’ आफ्नो प्रेमिकाको रुपमा चर्चा पाएकी जियालाई भूवन आफैले ‘भल्गर’ भनिदिएका छन् ।
चलचित्र क्षेत्रमा अत्याधिक अंगप्रदर्शन गरेकै कारण कुनै समय चर्चामा रहेकी जिया अहिले गुमनाम जस्तै छिन् । चलचित्रबाट हराएपछि जिया भूवन केसीसँग बस्दै आएको चर्चा चल्ने गरेको छ ।
प्रतिक्रिया