रुकुममा देखिएको भाइरल ज्वरो नियन्त्रणमा आएको सरकारी दावी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार ०९:४२

काठमाडौं,८ बैशाख ।  रुकुमकोे चौखावाङ गाउं विकास समिति वडा नम्बर ५ हिलगाउंमा देखिएको मौसमी रुघाखोकी र भाइरल ज्वरो नियन्त्रणमा आएको दावी जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमले गरेको छ । प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्यकर्मीको टोली परिचालन गरी भाइरल नियन्त्रणमा लिइएको जिल्ला स्वास्थ्य प्रमुख डा.भोजराज गौतमले बताए ।

rukum-jilla-final14प्रभावित क्षेत्र चौखावाङमा स्वास्थ्य संस्था भए पनि प्रर्याप्त औषधी नभएको कारण तत्काल औषधी सहित सदरमुकामस्थित जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सकको टोली पठाएर रोग नियन्त्रणमा लिन सम्भव भएको प्रमुख गौतमले जानकारी दिए । सो गाविसमा करिब सय भन्दा बढी बिरामीमा गरिएको स्वास्थ्य परिक्षणमा करीब ८० भन्दा बढी बिरामीमा मौसमी रुघाखोकी र भाइरल ज्वरो देखिएको टोली नेतृत्वकर्ता सिनियर अहेव मान वहादुर केसीले जानकारी दिए । करिब २२ जना सर्बसाधारणमा एक्कासी विभिन्न लक्षण एकैपटक देखा परेपछि स्वाईनफ्लुको संक्रमण भएको हुनसक्ने भन्दै स्थानिय त्रसित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१