काठमाडौं,७ बैशाख । चालु शैक्षिक शत्रबाट निजी विद्यालयले वृद्वि गरेको शुल्क विद्यार्थीलाइ नै फिर्ता गर्नुपर्ने भएको छ। चर्को शुल्क वृद्वि गरिएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीको माग अनुसार हाललाइ शुल्क वृद्विको निर्णय फिर्ता गर्ने, यसअघि वृद्वि गरेर विद्यार्थीसंग लिइएको शुल्क फिर्ता गर्ने सहमति भएको हो। शिक्षा मन्त्रालयमा झण्डै ६ घण्टा लामो भएको सरोकार पक्षसहितको वार्तामा तत्कालका लागि शुल्कवृद्धि स्थगन तथा फिर्ता गर्ने र त्यसको पुनरावलोकन एवम् अनुगमन गर्न एक प्राविधिक समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि थप कारबाही गर्ने सहमति भएको हो ।
सहमतिका लागि शब्द शब्दमा विवाद हुँदा वार्ता निष्कर्षमा पुग्न ढिलाइ भएको थियो । यो सहमतिसँगै आजदेखि विद्यार्थी संगठनले निजी विद्यालय बन्द गराउने घोषित कार्यक्रम फिर्ता भएको छ । निजी विद्यालयले ११ देखि ४२ प्रतिशतसम्म शुल्कवृद्धि गरेको पाइएको थियो । काठमाडौं लगायतका जिल्लामा निजी स्कुलले विद्यार्थीको मासिक शुल्कमा भारी वृद्वि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्। गत साता काठमाडौंका विद्यालयमा २२ प्रतिशत शुल्क बढेको थियो।
प्रतिक्रिया