कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार १२:००

काठमाडौं, ७ वैशाख । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षाको केन्द्र तोकेको छ । आउँदो २० गतेदेखि ३१ गतेसम्म हुने कक्षा १२ को र जेठ १ गतेदेखि १२ गतेसम्म हुने ११ कक्षाको नियमित तथा आंशिक परीक्षाको परीक्षा केन्द्रहरु तोकिएको परिषदले जनाएको छ । केन्द्रबारे बिस्तृत जानकारी www.hseb.edu.np मा राखिएको छ । परिषदले आफ्नो क्षेत्र अन्तर्गतका कार्यालयहरुमा सम्पर्क गरी जानकारी लिन समेत सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१