दाह्री पालेको आरोपमा ६ वर्षको जेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार ११:२८

dariचीनको मुस्लीम बाहुल्य क्षेत्र शिजियांगमा दाह्री पालेको आरोपमा एक युवकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । चीनका स्थानीय समाचार माध्यमले बताए अनुसार ३८ वर्षीय युवकलाई उक्त आरोपमा जेल सजाय सुनाइएको हो । ती युवकमाथि सन २०१० देखि दाह्री पालेको आरोप लगाउँदै हालै त्यहाँको अदालतले ६ वर्ष जेल सजाय सुनाइएको हो । साथै ती युवककी श्रीमतीले बुर्कालगाएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ । ती दम्पतीले स्थानीय कानुनको विरुद्वमा गएको भन्दै जेल चलानको आदेश दिइएको हो । सिजियांग क्षेत्रमा गत एक वर्षदेखि पुरुषहरुले दाह्री पालेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१