बेन्फिका फेरि अगामी सावित, सेभिल्ला च्याम्पियन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार १३:३०

काठमाडौं,१ जेठ । बेन्फिकालाई टाइब्रेकरमा पराजित गर्दै सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । आठ वर्षमा सेभिल्लाको यो तेस्रो उपाधि हो । यसले यसअघि २००६ र ०७ मा पनि युरोपा लिग जितेको थियो ।

पोचुर्गलको क्लब बेन्फिकाले भने अहिलेसम्म ८ पटक फाइनल खेलेको छ र सबै गुमाएको छ । उसले पहिलो पटक सन् १९६३ मा फाइनल खेलेको थियो, जसमा एसी मिलानसँग २–१ ले पराजित भएको थियो ।

बुधबार राति भएको फाइनलमा सेभिल्लाले बेन्फिकालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा बेन्फिकाका ओस्कार कार्डोजो र रोड्रिगोको प्रहार सेभिल्लाका गोलरक्षक बेटोले रोकेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१