शुल्क बृद्धिको विरोधमा कञ्चनपुरका निजी विद्यालयहरुमा तालाबन्दी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार १०:५२

कञ्चनपुर,७ बैशाख । चर्को रुपमा शुल्क बृद्धि गरेको विरोधमा कञ्चनपुरमा विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुमा तालाबन्दी गरेका छन् । संयुक्त विद्यार्थी संगठनहरुले सदरमुकाम महेन्द्रनगरका एपेक्स, ग्लोबल, सनराई, वेस्टर्न, फ्लोरिडा, ईन्टरनेशनल र लिटिल बुद्ध एकेडेमी लगायत एक दर्जन बढी विद्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थी भर्नाका बेला विद्यालय प्रशासन र लेखामा तालाबन्दी गरेपछि कामकाज प्रभावित भएको छ । एकलौटी ढंगबाट बढाएको शुल्क फिर्ता नलिएसम्म जिल्लाभरकै निजी विद्यालय तालाबन्दी गरिने अखिल क्रान्तिकारीका अध्यक्ष सिके भट्टले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१