काठमाडौं,७ वैशाख । काठमाडौँको ग्रान्डी अस्पतालमा स्वाइनफ्लुको संक्रमण भएपछि बैदेशिक संघका अध्यक्ष सोमलाल बाटाजुको निधन भएको छ। धापासीस्थित चर्चित एसओएस म्यानपावरका सञ्चालकसमेत रहेका बटाजुको आइतबार राति १ बजेर २० मिनेट जाँदा निधन भएको ग्राण्डी अस्पताल स्रोतले सञ्चारकर्मीलाई जनाएको छ। संक्रमित बटाजुलाई उपचारका लागि भारत लैजान खोजिएको भए पनि स्वाइफ्लु संक्रमितलाई उताबाट चासो नदिएकाले लैजान नसकिएको पारिवारिक स्रोतले बतायो । स्रोतका अनुसार बटाजुका निजी सहयोगीलाई पनि स्वाइफ्लु संक्रमण पुष्टि भएको छ। बटाजुको दुई साता अघि मृत्यु भएका नेता रामनाथ ढकालको जस्तै भएको अस्पतालले जनाएको छ। ६८ वर्षीय बटाजुलार्इ निमोनिया भएपछि चैत २९ गते भर्ना गरिएको थियो। ग्राण्डी अस्पतालको आइसीयुमा राखेर उपचार गरिएका बटाजुलार्इ डा। .सुवास आचार्य र डा.अर्जुन कार्कीले हेरेका थिए । अस्पताल स्रोत भन्छ-बटाजुको पनि रामनाथ ढकालको जस्तै केस हो, निमोनियामाथि स्वाइन फ्लुले आक्रमण गर्यो । अस्पताल स्रोतका अनुसार ६८ वर्षीय बटाजुलार्इ निमोनिया भएपछि चैत २९ गते भर्ना गरिएको थियो ।
प्रतिक्रिया