घाईते बालिकालाई बाल कल्याण समितिको आर्थीक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार १०:१३

ओखलढुंगा,७ बैशाख । भिरबाट लडेर घाईते भएकी एक बालीकालाई जिल्ला बाल कल्याण समिति ओखलढुंगाले सहयोग गरेको छ । उपचाररत जिल्लाको खिजिकाती ९ का रित बहादुर खत्रीकि छोरी मेलीना खत्रीलाई समितिले पाँच हजार नगद सहयोग गरेको हो । ‘विकट भौगोलीक अवस्थिती र कमजोर आर्थीक अवस्था देखेर  सहयोग गरिएको हो’ जिल्ला बाल अधिकार अधिकृत झम्केश्वर ओझाले भने ‘बालीकाको उपचारका लागि टेवा पुगोस भन्ने हाम्रो उद्धेश्य हो ।’ aarthikसमितिले बालीकाका काका समेत रहेका पत्रकार पूर्णप्रसाद न्यौपाने मार्फत बालीकालाई सहयोग रकम उपलब्ध गराएको हो । केन्द्रिय बालकल्याण समितिले पठाएको सहयोग रकम पाएपछि मेलीनाका बुबा रितबहादुर खत्रीले   सहयोगीहातहरुलाई धन्यवाद दिँदै आर्थीक अवस्था कमजोर रहेकाले उपचारका लागि थप सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरे । ‘मेलीनाको उपचार गर्दा गर्दै घरबारी सकियो,भएभरको सम्पत्ती सकियो अझै ठिक भएको छैन’ उनले भने ‘अझै उपचारका लागि सबैले यथासक्य सहयोग गरिदिनुभए आभारी हुनेथिएँ ।’
२०७१ बैशाख १ गते घाँस काट्न जाँदा भिरबाट लडेर अचेत अवस्थमा पुगेकि मेलीनालाई हेलिकप्टर चार्टट गरेर काठमाण्डौ लगिएको थियो । लामो समयको उपचार पछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१