जाजरकोटमा २५ जनाको ज्यान गइसकेपछि अख्तियारले भन्यो -‘माहामारीमा खेलवाड नगर’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार १६:४४

काठमाडौं,६ बैशाख । जाजरकोटमा २५ जनाको ज्यान जाने गरी फैलिएको माहामारीमा लापरबाही नर्गन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ। महामारी नियन्त्रणका लागि जाजरकोटमा परिचालन गरिएको संयन्त्रले प्रभावकारी रुपमा काम नगरेको पाइएको भन्दै अख्तियारले तत्काल रोग नियन्त्रणका लागि थप कदम चाल्नसमेत सचेत गराएको छ। सरकारले महामारी नियन्त्रणको प्रयास भइरहेको जनाएपनि बिरामीहरु मर्नेक्रम नरोकिएपछि अख्तियारको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतले जाजरकोट लगायत छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आइतबार यस्तो निर्देशन दिएको हो।

Jajrkot-swinflueजाजरकोटको प्रभावित क्षेत्रमा अझै पनि पर्याप्त स्वास्थ्यकर्मी र औषधि पुग्न नसकेको तथा महामारी अन्य जिल्लाहरुमा समेत फैलिन थालेको समाचार संचारमाध्यममा आएपछि अख्तियारले महामारी नियन्त्रण गर्ने कार्यमा लापरबाही नर्गन यस क्षेत्रका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिइएको जनाएको छ । महामारीका क्रममा मृत्यु भएका मध्ये २ जनामा स्वाइन फ्लू संक्रमण समेत पुष्टि भएको छ । मृतक मध्ये अधिकांशको रगत तथा र्‍याल परीक्षण भएको छैन । यसअघि १२ जनाको नमुना संकलन गरेकोमा ३ जनामा स्वाइन फ्लू संक्रमण भेटिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१