शिक्षा कार्यालय मोरङमा तालाबन्दी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार १५:३९

talaविराटनगर, ६ वैशाख । विभिन्न विद्यार्थी संगठनहरुले शुल्क वृद्धिको विरोध गर्दै आज जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी गरेका छन् । निजि विद्यालयहरुले यसै शैक्षिक सत्रदेखि बढाएको शुल्क बृद्धि घटाउन माग गर्दै नौ वटा विद्यार्थी संगठनहरुको संयुक्त विद्यार्थी संगठनले आज १० बजेदेखि तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालयको मुल गेटमा तालाबन्दी गर्दै धर्ना समेत दिएका छन् । उनिहरुले शुल्क बृद्धि फिर्ता नगरीए भोलीदेखि संस्थागत विद्यालयहरुमा अनिश्चित कालिनरुपमा तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले विराटनगरभित्र रहेका नीजि विद्यालयहरुले शुल्क निर्धारण समितको निर्णय विना नियम विपरीत ३५ प्रतिशतसम्म शुल्क बृद्धि गरेर विद्यार्थी र अभिभावकलाई आर्थिक भार थोपरेको भन्दै विरोध जनाएका हुन । विराटनगरका २० ठूला विद्यालयले ३३ देखि ३५ प्रतिशतसम्म शुल्क बृद्धि गरेको विद्यार्थी संगठनहरुको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१