मलेसियाबाट फर्केपछि गाउँमा प्याजखेती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार १२:५७

कालीकोट,१ जेठ ।
जिल्लाको लालु गाविसका एक युवाले मलेसियाबाट घर फर्केपछि गाउँमा प्याजखेती सुरु गरेका छन् ।

विदेशबाट घर फर्केपछि एक वर्ष खुद्रा पसल गरेर बसेका हेमराज शाहीले अहिले गाउँको एक जना किसानको जग्गा भाडामा लिएर पहिलो वर्षमै १० क्विन्टल प्याज उत्पादन गरेका छन् ।
उत्पादित सबै प्याज बिक्री भएपछि आफूमा थप हौसला जागेर आएको उनी बताउँछन् ।03_02_2013-onion

पछिल्लो समयमा जिल्लाका विभिन्न ठाउँबाट भारतमात्र नभई खाडी मुलुकमा जानेक्रम बढेको र घर फर्केपछि कमाइ गरेको रकमले सहरी क्षेत्रमा घरघडेरी जोड्ने होडबाजी नै चलेको समयमा शाहीले गाउँमा प्याजखेती गरेर नमुना काम गर्न खोजेको बताए ।

विदेशमा पसिना बगाएर दैनिक १८ घण्टा काम गर्दा पनि उचित श्रम नपाएर घर फर्कनुपर्ने पीडाले बरु स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना जागेको उनी बताउँछन् । प्रमाणपत्र तहसम्मका शिक्षा हासिल गरेका शाहीले प्याजखेतीसँगै माछापालन गर्ने तयारीमा रहेको बताए ।
कालीकोट जिल्लाबाट करिब एक हजार ५०० बढी युवा विदेश गएका बताइएको छ । उनीहरू गाउँमा सय कडा मासिक पाँचदेखि १० प्रतिशत व्याजदरमा ऋण निकालेर विदेश जाने गर्छन् । विदेशमा कमाएको रकममा करिब ६५ प्रतिशत रकम व्याज तिर्न नै ठीक हुने गरेको विदेश गएका स्युनाका राजेन्द्र शाहीले बताए ।
उनका अनुसार कमाइ गरेका रकम सुर्ती फुर्तिमा सीमित भएको बताउनुभयो । विदेशबाट घर फर्केका युवा अहिले गाउँमा बेवारिसे बन्न थालेको उनको भनाइ छ ।
कालीकोट मान्म–५ का परेकबहादुर शाही पनि मान्ममा कुखुरा फारम सञ्चालन गरी मासु बिक्री कार्यमा लागेका छन् ।

प्रतिक्रिया