र्‍याफ्टिङमा पर्यटन पत्रकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार १३:३९

काठमाडौं,६ बैशाख । नेपालमा जल पर्यटन प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल) ले त्रिशूली नदीमा र्‍याफ्टिङ कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले  त्रिशूली नदीस्थित चरौादीदेखि कुरिनघाटसम्मको २५ किलोमिटर दूरीमा उक्त र्‍याफ्टिङ कार्यक्रम आयोजना गरेको थियो । झण्डै चार दर्जन भन्दा बढी पर्यटन पत्रकार सम्मिलित र्‍याफ्टिङको समापन कार्यक्रममा बोल्दै टीजेएफ–नेपालका अध्यक्ष शिव अधिकारीले र्‍याफ्टिङ अपेक्षकृत सफल भएको बताए । मुलुकको जल पर्यटन प्रर्वद्धन गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने भन्दै अधिकारीले भने, ‘हामीसँग जलपर्यटनमा अथाह सम्भावना भईकन पनि यसको प्रयाप्त प्रचारप्रसार र प्रवद्धन हुन सकेको छैन ।

RAFTINGतसर्थ यसको प्रर्वद्धनमा सहयोग पुग्नेगरी प्रचारप्रसारका लागि यो कार्यक्रमको आयोजना गरेका हौ, मलाई लाग्छ जलपर्यटनको विकासमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ र्‍याफ्टिङ जल पर्यटनअन्र्तगतकै एउटा आयाम भएको र यसलाई यथेष्ट रुपमा प्रवद्र्धन गर्न सकेको खण्डमा अधिकतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने अधिकारीको भनाइ थियो । र्‍याफ्टिङमा सहभागी पत्रकारहरुले पनि यसको सम्भावना र महत्वका बारेमा चर्चा गर्दै जल पर्यटनलाई नेपालको सन्दर्भमा पर्यटनको एउटा सशत्त माध्यमको रुपमा थप गति प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१