सम्राट सिंह
बझाङ,६ बैशाख । शनिबार जिल्लाको विकट गाविस सुर्माका ३ बालिकाको शव एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । सुर्मा गाविसको बाघमारे भन्ने जंगलमा सुर्मा गाविस ५ थकुन्नाडा बस्ने बर्ष १४ की जुनतारा पुजारा, बर्ष १४ की रेखा पुजारा र बर्ष १५ की कविता बोहराको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
जुनतारा पुजारा सुर्मा गाविसमा रहेको सुर्मा उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन भने रेखा र कविता कक्षा ८ मा अध्ययनरत छात्रा हुन ।
घरवाट माटो ल्याउन भनि हिडेकी बालीका सामुहिक रुपमा झण्डीएर मरेको देखेपछि घटना कुन के कती कारणले भयो भन्ने एकिन हुन सकिरहेको छैन । तिनै जनाको यसरी रुखको एउटै हाँगामा शव देखीनु घटना आर्चायजनक छ निमित्त प्रहरी कार्यालय प्रमुख कमल विष्टले भने घटनाको थप अनुसन्धान भई रहेको वताए । बालिका हरुको आइतबार पोष्टमाटम भएको छ ।
प्रतिक्रिया