अछाममा बाँदरको जस्तै अनुहार भएको बच्चाको जन्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार १२:२९

अछाम,६ बैशाख । अछामकी एक महिलाले बाँदरको जस्तै अनुहार भएको बच्चालार्इ जन्म दिएकी छन् । यहाँको दुर्गम बलाता–४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप वाँदरको जस्तो छ । बालकको टाउकाको गिदी बाहिरी भागमा छ ।

babyबलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका ती बालकको आँखा साह्रै ठूला र हातखुट्टा मोटा छन् । तर औँला भने अन्य शिशुका जस्तै साना रहेका स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताए । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । शिशुलाई हेर्न स्थानीयवासीको घुइँचो लागेको स्थानीयवासी राकेश विकले जानकारी दिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१