म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार ११:५९

chalshiएजेन्सी । इङलिस प्रेमियरसिप फुटवलको शीर्ष टोली चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै अंक तालिकामा अग्रता फराकिलो बनाएको छ । युनाइटेडविरुद्ध १–० को जित हात पारेपछि चेल्सीले १० अंकको अग्रता बनाएको हो । उसका लागि एडेन हाजार्डले ३८ औं मिनेटमा गोल गरेका थिए । जितपछि चेल्सीले ३२ खेलबाट ७६ अंक जोडेर अंक तालिकाको पहिलो स्थानमा छ । दोस्रो स्थानको आर्सनलले ६६ अंक जोडेको छ । यसैवीच, आर्सनल रिडिङलाई हराउँदै एफए कप फुटवलको फाइनलमा पुगेको छ । एलेसीस सान्चेजको दुई गोलको मद्धतमा आर्सनलले २–१ को नतिजा निकालेको हो । आर्सनलले आज राति प्रतिस्प्र्धा गर्ने लिभरपुल र एस्टन भिल्लावीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१