संसदीय कोषको रकमबाट प्रहरी चौकीको निर्माण कार्य शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार ११:१४

प्रविण टिबडेवाल
रौतहट,६ बैशाख । लामो समय देखि अस्थायी भवनमा संचालन रहेको प्रहरी चौकिको अब आफ्नै भवन निर्माण हुने भएपछि स्थानियवासी र प्रहरी चौकीमा कार्यरत प्रहरी जवान लगायत चौकीका असई मिन बहादुर खाती हर्षित भएका छन् । चौकी निर्माण कार्य शुरु लगतै गाविस नरकटियाका हरेक स्थानियको अनुहारमा अहिले खुशियाली छाएको छ । लामो समय देखि स्थानिय रामचन्द्र गिरीको घरमा दुई कोठे भवनमा संकुचित भएर आफना कामकाज गर्दै आएका स्थानिय प्रहरीहरु पनि अब आफनै भवन निर्माण हुने भएपछि खुशि देखीएका छन् ।
रौतहटको क्षेत्र न. २ मा रहेको उक्त गाविसमा क्षेत्र नम्बर २ का माननिय सभाषद मोहम्मद मुस्ताक आलम उर्फ राजाबाबुले प्रहरी चौकीको आफ्नो भवन नभएर वर्षो देखि अरुको घरमा रहेर काम गर्ने बाध्यतालाई हटाउन तथा त्यहांका स्थानियहरुमा थप शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनका लागि आफ्नो निजि संसदिय कोषको रकमबाट भवन निर्माणका लागि १० लाखको आर्थिक सहयोग उपलब्ध गराएपछि स्थानियहरुमा खुशियालि छाएको हो ।
मुस्लाधार बर्षाको वेवास्ता गर्दै शुक्रवार नरकटिया स्थित आफ्नै पहलमा निर्माण हुन लागेको प्रहरी चौकिको शिलान्यास गर्न पुग्नु भएका माननीय राजाबाबुले चौकी निर्माण मात्र नभई आफना क्षेत्रका जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने जुनसुकै विकाशको काममा आफु पछि नहट्ने प्रतिबद्धता जनाएका छन् । शिलान्यास समारोहमा उपस्थित बाक्लो जनसैलाबलाई सम्बोधन गर्दै सभाषद आलमले रौतहटको २ नम्बर क्षेत्रलाई हरेक किसीमको सुबिधायूक्त क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको उनले स्पष्ट पारे ।  प्रहरी चौकीको नाममा ३ कठ्ठा १० धुर जग्गा रहे पनि बजेटको अभावमा भवन निर्माण नहुंदा वर्षौ देखि प्रहरी चौकीमा तैनात सुरक्षाकर्मीलाई विभिन्न समस्याको सामना गर्नु परेको थियो । नागरिकको सुरक्षा संग प्रत्यक्ष सरकोर राख्ने प्रहरीको आफनै भवन नहुंदा अत्यन्त कठिनाई भोग्नुपर्ने बाध्यतालाई हेरेर त्यस भेगका जनता र त्यस क्षेत्रका लोकप्रिय सभाषद माननिय राजाबाबुको अथक प्रयासका कारण अहिले त्यहां प्रहरी चौकि निर्माणको कार्य सुरु भएको हो ।  त्यस्तै आलमले यस क्षेत्रमा रहेका अन्य केहि चौकीहरु पनि निजी भवनहरुमा संचालन रहेको र छिटै सो चौकीहरुको पनि आफ्नै भवन निर्माणका लागी आफुले प्रयास थाल्ने जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१