एक नेपाली महिलाले गरे मलेसियामा आत्महत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार ११:०९

प्रदिप राई
क्वालालम्पुर,मलेसिया। रोजगारको शिलशिलामा मलेशिया आएका एक नेपाली युवतिले यही १७ तारिक शुक्रबार झुण्डेर आत्महत्या गरेका छन। पाल्पा जिल्ला घर भएका सिमा कुमारी मगरले बाथरुममा झुन्डेर आत्मा गरेका थिए।
मलेसियाको राजधानि क्वलालाम्पूर नजिकै रहेको सेलेङगोर राज्यको साहआलममा रहेको सेक्सन बिष (TATAYAMA COMPANY)मा कार्यरत सिमा कुमारी मगरले हिजो अप्रिल १७ तारिक, बाथरुममा झुण्डेर आत्महत्या गरेको स्रोतले जनाएको छ।

refकम्पनिको नियमित काम सकेर बेलुका साढे नौ बजेको समयमा होस्टेलमा पुग्नु बितिकै सिमाले बाथरुममा गएर घाटिमा पासो लगाई झुण्डिएर आत्म हत्या गरेको सोहि कम्पनिमा कार्यरत दिवश पुन, आशा राईले बताउनु भएको छ । मलेसियमा रोजगारको शिलशिलामा एक बर्ष अगाडी मात्र मगर मलेसिया आएका थिए । अन्दाजी ३० बर्षिय सिमाले आत्म हत्या गर्नुको रहस्य खुल्न सकेको छैन भने मृतक मगरको सब पोष्टमारटमको लागी केलाङ् अस्पतालमा राखिएको राईले बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१