एपेक्स लाइफ स्कुलको अतिरिक्त क्रियाकलाप संयोजकमा अधिकारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार ११:०६

काठमाडौँ,६ बैशाख । मध्यबानेश्वरस्थित एपेक्स लाइफ स्कुलको अतिरिक्त क्रियाकलाप संयोजकमा माधव अधिकारी नियुक्त भएका छन् ।विद्यालयले अधिकारीलाई आगामी शैक्षिक शत्रका लागि परीक्षा संयोजकको जिम्मेवारी समेत दिएको छ ।
adhakariविगत लामो समयदेखि शिक्षण पेशामा संलग्न अधिकारी विभिन्न सञ्चार माध्यम र सामाजिक संघसंस्थामा पनि आवद्ध छन् ।शिक्षा क्षेत्रमा दक्षता हासिल गरेका शिक्षकलाई जिम्मेवारी दिन पाउँदा गौरवान्वित भएको प्रिन्सिपल सुवास न्यौपानेले बताए ।‘उनको कार्यकाल विद्यालय र विद्यार्थीको चौतार्फी विकासमा महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ ’प्रिन्सिपल न्यौपानेले भने ।
नवनियुक्त संयोजक अधिकारीले शिक्षालाई सृजनात्मक र अनुसन्धानमुखी बनाउँदै आफुलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१