एनआरएन अमेरिकाको अनलाईन मतदान प्रक्रिया उत्साहजनक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार १०:५६

अमेरिका,६ बैशाख । पहिलोपटक पूर्ण कार्यकालका लागि एनआरएन अमेरिकाको नयाँ नेतृत्व चयन गर्ने कार्य जारी छ । न्यूयोर्कको स्थानीय समय अनुसार दिउँसो बैशाख ४ गते एक बजेदेखि सुरु भएको अनलाईन मतदान प्रक्रियामा उत्साहजनक भइरहेको निर्वाचन आयोगले जनाएको छ । आगामी सोमवार अप्रिल २० तारिखसम्म जारी रहने मतदान प्रक्रियामा सहभागी भई नयाँ नेतृत्व चयनमा प्रत्यक्ष सरीक हुन एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जीसीले समेत आग्रह गर्नु भएको छ ।

nrn_icc20140926001010101 यसपटक एन.सि.सि.ध्यक्षका प्रत्यासीहरु केशव पौडेल, गणेश कुँवर, श्री पराजुली, नगेन्द्र पौडेल, दुर्गा दाहाल तथा रमा सिंह गरि ६ जना उम्मेद्वार रहेका छन। त्यस्तैं बरिष्ठ उपाध्यक्ष पदमा कृष्ण पोखरेल, विश्व शाह, निदेन डङ्गोला, शिव बिष्ट उम्मेदवारी दिएका छन। त्यसै गरी उपाध्यक्ष पदमा बन्दना कोइराला, उमा कार्की थापा, ज्ञानदिप लामा, डिल्ली भट्टराई, रबिना थापा, बलराम थापा, मोहन थापा, गोपेन्द्र भट्टराई, सन्जिव श्रेष्ठ, राम पोखरेल, सिता खरेल लगायत १२ जनाको उम्मेदवारी परेको छ। त्यसै गरी महासचिव, सचिव, कोषाध्यक्ष र बोर्ड अफ डाइरेक्टर आदी समेत गरी थुप्रै जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१