‘मेरी आमा’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार १०:१९

दीपशिखा शर्मा
“या देवी सर्व भुतेषु,मातृ रुपेण संस्थिता
नम : तस्यै नम तस्यै नम: तस्यै नमोनमः”
प्रशव वेदनाले छट्पटाएको धेरै घन्टापछि बल्लतल्ल सन्तान जन्मिन्छ । भूईमा झर्न नपाँउदै बच्चाको रुवाई सुनिन्छ अम्..मा अर्थात आमा । शायद त्यो पवित्र शब्द नै आमा हो ।  आमाको कोखबाट भुईमा झर्नासाथ निस्कने रोदन मा पनि अम्म्…मा अर्थात आमा मिसिएको हून्छ । कतै हिंडदा हुल्दा चोटपटक लाग्यो भने एक्कासी निस्कन्छ मरेनी आमा ! लड्दा ऐया आमा ! कुनै अप्ठयारोमा पर्दा आपसेआप निस्कन्छ हे आमा ! शायद आमा भन्दा ठुलो चिज यस संसारमा  केहिपनि छैन ।
‘आमा’ आफैमा यस्तो सरल शब्द हो तर यस सरल शब्दको परिभाषा दिन कुनैपनि भाषाकोश  एवं शब्द संयोजन ले सक्दैन । अनेक पिडा वाधा अड्चनहरु सही नौ महिना सम्म कोखमा राखी पैदा गरेर दशधारा दुध खुवाई, हुर्काई, बढाई यस धर्तिमा संघर्ष गर्न लापक बनाउने ममताकि खानी, दयाकी प्रति मुर्ती आमाको स्थान लिन शायद कसैले पनि सकदैन ।
आमा देविकी प्रतिक हुन शक्ति स्वरुपा हुन,मायाकी खानी हुन्,ममताकी सागर हुन् त्याग र तपस्याकी जिवन्त उदाहरण हुन् । आमाको दुधको भारा शायद सातजन्म सम्मपनि तिरेर तिर्न सकिन्न ति आमा जसले अनेका पिडा ,वाधा अड्चनक सहेर ,खपेर अनेक   दुःख सास्ती झेल्दै ,वाधा अप्ठ्याराहरु संग लड्दै आफुनो सम्पूर्ण माँया ममता न्यौछावर गरेर आज यो संसार देख्ने बनाइन् मेरी आमा । तिमिलाई धन्यवाद छ । तिम्रो त्यग तपस्या अनि समर्पणले आज तिम्रा सन्तानहरु यस धर्तिमा उभिन लायक बनेका छन् । आफ्नै बलबुतामा संघर्ष गरिरहेको छन् । आजको यस एक्काइसौं शताब्दीको प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धा गदै कसैसंग नझुक्ने र नडराउने कसम खाई निडर र निष्कलंक रुपमा तिम्रो शिर ठाडो पार्ने कसम खाई लगातार कर्तव्यपथमा अगाडि बढिरहेछन् । तिमीलाई मुरी मुरी धन्यवाद किनकी तिमीले आफ्नो पर्वाह नगरी आफ्ना सन्तानहरु लाई यस लायकको बनायौ ।
आज तिमीले जन्माएका बचेराहरु गुँड छोडेर कोहि जन्म भुमीमा त कोहि परदेशमा संघर्ष गरिरहेका छन् तिम्रो  आशिर्वाद अनि उपदेशहरुलाई आत्मासात गर्दे । बालक काल छँदा  दिन भर मेलापात ÷ घाँसदाउरा अनि घरको सम्पूर्ण काम सकेर आरामगर्न समयमा ओध्यानमा खोकिलामा राखी कपाल मुसार्दै सिकाएका सत्य र निष्ठाका कुराहरु अझै पनि मानसपटमा ताजै छ । प्रत्येक  दिन आफ्नो कार्यथलो मा पुग्नु भन्दा अगाडी ति तिम्रा अमृतमयी उपदेश हरु सम्झन्छु अनी त्यसैलाई मनन गर्दै अगाडी बढिरहेको छु  आमा ! मैले तिम्रो उपदेश रतिभर पनि भुलेको छैन । तिम्रो विश्वासलाइ रात भरध डगमगाउन दिएको छैन । जब कुनै आपत आइपर्छ म तिमीलाई सम्झन्छु अनि मन झनै प्रार्थना गर्छु अचम्म ! आपत आपसे आप टर्छ । आमा त्यो तिम्रो शब्दमा दम छ, तागत छ, शक्ति छ ।
अथाह माया र चाहत भएपति, तिम्रो खोकिलामा लुट पुटिई दुःख सुख साटेर सँगै जिवन निर्वाह गर्ने चाहना मनभरी भएपनि मजबुरी र बाध्यताले गर्दा म तिमीबाट टाढा जिउन विवश छु । तर पनि मेरो आमा तिमिले हामीहरु साना हुँदा दुःखजिलो ÷ मेलापात गरेर आफ्ना सम्पूर्ण इच्छा चाहाना  अनि रहरहरुलाई मारी आफ्नो जिवनभरिको  सम्पूर्ण तागत, त्याग, तपस्या, अति मातृवात्सल्यले छताछुल्ल पारी हुर्काएको अनुभुती अटिले पनि ताजै छ । सपनामा जटिले पनि म तिम्रो काखमा लुटुपुटिरहेको पाँउछु । प्रत्येक दिन, प्रत्येक पल तिम्रो त्यो सुन्दर अनुहार, ममताले  लवालव भरिएका सुन्दर, निश्छल अनी निष्कपट आँखाहरु तिम्रा त्यो शितल स्पर्श, लाड प्यार गरेर टाउको सुम्सुम्याई सुम्सुमाई भाई म लगायत मेरा ती ३ बहिनीहरुलाई खोकिलाको न्यानो तापले तताएर “लोरुी गाँउदै” स्वार्गिय आनन्दको अनुभुती गराउदै निद्रादेवीको काखमा लुटपुटाएको त्यो निश्चित क्षण को याद अझैपनि जस्ताको यस्तै छ ।
बनपात ÷ घाँस दाउरा, मेला पात गर्दा भेट्टाएका चिज बिज जस्तै गोलकाँक्री,खनायो, पानी अमला,रुख अमला, तिंदु, चुत्रो,काफल, ऐसेलु खालको पाटमा पोको पारी मेरा छोराछोरीले खान्छन् भनी पटुकिमा बाँधेर ल्याँउथ्यौ । अनि सबैलाई बाँडि चुँडी  दिन्थ्यै । तिम्रो माँयाले दिएका चिज हामिहरुका लागी अमृत समान थिए । हामी सबै खुसी हुँदै खान्थ्यौ ।  ति सुनौला पलहरु………तिम्रो त्यो अगाध माया ममताले लठ्ठीएर जिब्रो को स्वाद लिदै तिमीले ल्याएका कन्दमुलहरु बाँडिचुँडि खाएको दिन झल्झली  याद आँउछ ।
मामाघर जाँदा भाइलाई बुईमा  बोकी मलाई डो¥याएर नाउदी र पाँउदी खोला पार गरेको दिनहरु………बिरामी हुँदा रुँदै फहराँउदै काखमा च्यापेर उकाली र ओराली गर्दै लमजुङ्ग देखि गोर्खाको आँप पिपल अस्पताल पु¥याएको क्षण ति सबै अहिल्यै हो  कि जस्तो लाग्छ । आफ्नो हैसियतले भ्याए सम्म शिक्षाको उज्यालो घामबाट सिंचित गरी आज तिम्रै सम्मानमा २.४ शब्द कोर्न लायक बनायौ  मेरी आमा……तिमिलाइ कुन शब्दले धन्यवाद दिंउ ? म सँग शब्दहरु नै छैन । आमा विभिन्न भाषामा तिमलाई जुन रुपले सम्बोधन गरेपनि जस्तै ः संस्कृतमा माता, हिन्दी=माँ अंग्रेजी=मदर नेवारी=मा नेपाली आमा वास्तविक रुपमा तिमी  भक्ति हौ, तिमी शान्तिकी प्रतिक हौ तिमी क्रान्ति हो, ऐश्वर्य हौं ,धर्ति हौं । तिम्रो महिमा अपरम्पार छ । बालसुुभल मनोभावना बुझने –आँ गर्दा अलंकार बुझ्ने) आखिर तिमी नै हौ आमा मेरी आमा…….
“ मातृवात्सल्य रित्तिन्न जस्तै भएपति
बचेरा गुँड छाडेर जति टाढा गएपनि ”
मेरी आमा ! जति दुःख दण्ड र ठक्कर खाएर पनि तिमिले आफ्ना चार सन्तानहरुलाई बराबर मायाँ गरेर पालना पोषन गयौ । हुर्कायौ हुर्कायौ, बढायौं, बिहेदान गयौ । आज आ–आफ्नो मजबुरी र बाध्यताले गर्दा हामिहरु तिमीसँग  छैनौ तर पनि तिमीले हामिलाई गर्ने माँया र अशिर्वाद सँधै हाम्रो साथमा रहिरहेको छ । आँफुलाई मेटाएर दुःख शुखको पर्वाह नगरी तिमिले सँधै हामीहरुलाई सवल र सक्षम बनाउन अथक प्रयास गरिरह्यौं  । रुघाखोकी र जरोजस्ता सामान्य विमारीहरु लाग्दा पनि रातभर जाग्रम रहेर आँखाबाट ति अनमोल आँसु झार्दै निधारमा पानी पट्टि लगाएर बस्थ्यौ । आमा तिम्रो त्यो शितल स्पर्शले मेरो आधि रोग आँफै निको हुन्थ्यो । तिम्रो त्यो सन्तान प्रतिको निःस्वार्थ प्रेम, अगाध माँया, त्याग तपस्याको अगाडी जस्ताजुकै जटिल रोगहरु पनि छुःमन्तर हुन्थे ।
आमा ! तिम्रो त्यो तपस्यालाई मापन गर्न यस संसारमा कुनै यस्तो यन्त्र छैन । जसका सहाराले म तिम्रो निःस्वार्थ बलिदानको मोल गर्न सकुँ । साँच्चिकै म तिम्रो ऋणी छु………. जुग जुग सम्म ।
आमाको रुप बिग्रिन्छ  सन्तान जन्मिपछि !
सन्तान पर भै जान्छन् डोलिमा अन्मिएपछि !!
तै पनि हुन्छ त्यो सारा आमाको निम्ति गौरब !!!
आमा निःस्वार्थ देवी हुन् कसरी बभन्नु अब !!!!
मेरी आमा ! आफ्नो रुप र सौन्दर्यको तृण बराबर ख्याल नगरी पितृसत्तात्मक परिवारको बंश कायमका लागी तिमीले सन्तान जन्माउँछयौ । मलाई थाहा छ सन्तान जन्माएर, दुधको लाम्टो चुसाएर, हुर्काउँदा, बढाँउदा त्यो तिम्रो सुन्दर शरिर, त्यो आकर्षण त्यो सौन्दर्य, छिपा छिया । भइसकेको छ । तर पनि तिमी आफ्नो शरिर र सौन्दर्यको  रतिभर ख्याल नगरी निरन्तर आफ्ना सन्तानहरुको रेखदेख संरक्षणमा लाग्यौ । तिम्रा ति सन्तानहरुको उन्नती देखेर तिमिलाई गर्व छ । तिमी हर्षले गद्गद्  ध्यौ । तिमी छोराछोरीको उन्नती र प्रगतिमा नै आफ्नो प्राण त्याग्न तपर हुन्ध्यौ त्यसैले आमा तिमी धन्य छौं । माँया र ममताको शितल छहारिमा आफ्ना बंशजहरुलाई अटाउने र आफ्नो खुट्टामा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१