अक्षय तृतीयमा शिवपार्वती विवाह महोत्सव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार ०९:५६

भक्तपुर, ६ वैशाख  । शिवपार्वतीको विवाह भएको अक्षय तृतीयाका दिन यही वैशाख ८ गते भक्तपुरमा रुपमा शिवपार्वती विवाह महोत्सव हुने भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले डोलेश्वर मन्दिरबाट बाजागाजासहित दुलाहासहित जन्ती लिएर भक्तपुर नगरपालिकाको तौमढी ९पाँचतले मन्दिर प्राङ्गण०मा दुलहीसँग विवाह महोत्सव गर्ने भएको समितिका उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । यसका लागि जन्ती पक्ष समितिका तर्फबाट र दुलही पक्ष भक्तपुर नगरपालिकाका समाजसेवी अनन्त धौभडेलको समूहले व्यवस्थापन गर्ने भएको छ ।

डोलेश्वरबाट शिव प्रतीकका रुपमा दुलाहा बनाएर ल्याउने र भक्तपुरबाट शक्ति स्वरुपा तलेजु भवानीको प्रतीकका रुपमा पार्वती बनाएर दुलहीका रुपमा लैजाने व्यवस्था गरिने छ । जन्ती दुलही लिएर डोलेश्वर मन्दिरमै पुगेपछि विवाह महोत्सव सम्पन्न हुनेछ ।

महोत्सवमा जन्तीका रुपमा करिब ५०० सहभागी हुने अनुमान छ । जन्तीलाई डोलेश्वरमै भोजका रुपमा सातु, सर्बत र फलफूल खुवाउने व्यवस्था मानव धर्म सेवा समितिले गर्ने छ । नगर र गाउँको सम्बन्ध सुमधुर पार्ने तथा धार्मिक महत्वलाई अझै बढावा दिनका लागि भक्तपुरमै पहिलो पटक यसप्रकारको महोत्सव गर्न लागिएको समितिले जनाएको छ ।

यस्तै अक्षय तृतीयाका दिन दर्शनार्थीका लागि डोलेश्वर महादेव मन्दिरको चारवटै ढोका खुला गरेर पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष अक्षय तृतीयाका दिन ३५ हजार दर्शनार्थी आएकामा यस वर्ष ५० हजार आउने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१