भाषा उत्तीर्णमध्ये ७५ प्रतिशतमात्रै कोरिया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार ०९:३१

काठमाडौं,६ वैशाख  । दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् । सोलस्थित नेपाली दूतावासका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) लागू भएयता भाषा उत्तीर्ण गर्ने २५ प्रतिशत कोरिया आउन पाएका छैनन् । भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया आउन पाइँदैन ।

nepal-south korea

कोरियाले ईपीएसमार्फत लिने कामदारका लागि नेपालमा ५ पटक भाषा परीक्षा गरिसक्यो भने आगामी असारमा छैटौं भाषा परीक्षा लिने तयारीमा छ । सन् २००८ मा भएको पहिलो परीक्षामा ३१ हजार ५२५ युवा सहभागी भएका थिए,जसमा ६७८६ उत्तीर्ण भएका थिए । उत्तीर्णमध्ये २००८ मा २७३३ पुरुष र ८१ महिला कोरिया आएका थिए । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१