गोलबजार,५ बैशाख । सिरहाको लहान–ठाडी सडक खण्डमा बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका श्रीमती घाइते हुएकी छन्। मृत्यु हुनेमा महदेवा पोर्ताहा गाविस–५ का ३५ वर्षीय संजय यादब रहेका छन् भने उनकी श्रीमती ३२ वर्षीया अमिरकला यादब गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
घाइते अमिरकलालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ । लहानबाट भगवानपुर जाँदै गरेको ना.१ख. ८५८१ नम्बरको अनुराधा ट्राभल्सले गोविन्दपुरबाट परियारपुर पैदल आउने क्रममा यादब दम्पतिलाई ठक्कर दिएको थियो। बस तथा चालकलाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया