नवलपरासीका विद्यालयहरु अनिश्चितकालका लागी बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७२, शुक्रबार १६:३५

नवलपरासी,४ बैशाख । नवलपरासीमा ६ ओटा विद्यार्थी संगठनले शुल्क बृद्धिको विरोधमा जिल्लाका सम्पूर्ण निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, एकीकृत माओवादी, वैद्य माओवादी र चन्द माओवादी निकट विद्यार्थी संगठनहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जिल्लामा रहेका सबै निजी विद्यालयहरुमा अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।

schoolजिल्ला शिक्षा कार्यालयको मिलमतोमा देशमै सबैभन्दा बढी ५५ प्रतिशत शुल्क बृद्धि नवलपरासीमा गरिएको भन्दै विद्यार्थी संगठनहरुले विद्यालय बन्द गराएका हुन् । बृद्धि गरिएको शुल्क फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने र आवश्यक परेमा अझै कडा संघर्ष गर्ने चेतावनी पनि विद्यार्थी संगठनहरुले दिएका छन् । ‘निजी विद्यालयहरुले शुल्क बृद्धि गरेर अभिभावकहरुको ‘ढाड सेक्ने कार्यमात्र नगरी प्रहरी लगाएर विद्यार्थीहरुलाई कुटपिटसमेत गरेको’ भन्दै विद्यार्थी संगठनहरुले शुल्क बृद्धि फिर्ता नभएसम्म आफ्ना बालबालिकालाई भर्ना नगर्न अभिभावकहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१