एक ड्राइभरले घरमै कार निर्माण गरेपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७२, शुक्रबार १२:२२

एजेन्सी । चीनको सांघाई शहरका एक ड्राइभरले घरमै कार निर्माण गरेका छन। उनले बनाएको कारको फोटो र भिडियो चीनका इन्टरनेट प्रयोगकर्तामा भाइलर बनेको छ।  ५९ वर्षिय सु झियुन साहुको  कार चलाउँछन। कामपछि बचेको समय उनले कार बनाउन लगाएका थिए। ‘म अलि अचम्मको मान्छे छु, अरु ड्राइभर जसरी फुर्सदमा तास र भिडियो गेम खेल्दिन’ उनले सांघाई डेली पत्रिकासँग भने। ६० सेन्टिमिटर लामो, ३५ सेमी चौडा र ४० सेमी उचाई भएको कारलाई झियुनले विश्वकै सबैभन्दा सानो कार भएको दावी गरेका छन। ‘यो ठुलो कारको टायर भन्दा पनि सानो छ’-उनले भने। कार प्रतिघण्टा २० किलोमिटरको गतिका गुडन सक्छ।

carकारमा उनले सामान्य कारको जस्तै सबै सुविधाहरु भएको बताए।  ‘एअरकण्डिसन बाहेक अरु कारमा हुने सबै सुविधा यसमा छन’-झियुनले भने। इन्जिनबाहेक कारमा फालेका सामान पुनप्रयोग गरिएका हुन। कार बनाउन करिब २४ हजार रुपैया (२४२ डलर) खर्च भएको थियो। झियुनले जुनियर हाइ स्कुल सम्मको पढाईमात्र पुरा गरेका छन। उनले कार बनाउने कुनै तालिम पनि नलिएको बताए। उनले भने– मेरो सिर्जनशीलता नै मेरो डिप्लोमाको पढाइ हो। यसअघि उनले आफ्ना बुवाका लागि गुडने इन्जिनसहितको कुर्सी बनाएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१