यमनको विमानस्थल अलकायदा लडाकूको कब्जामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७२, शुक्रबार ११:४०

यमनको दक्षिणी सहर मुकल्लामा रहेको विमानस्थल अलकायदसम्बद्ध लडाकूहरुले कब्जामा लिएका छन् । यमनको सरकारी सेना सिया हुथी विद्रोहीहरुसँग लडिरहेको अवसरको फाइदा उठाँउदै अलकायदा लडाकूहरुले उक्त विमानस्थगल कब्जामा लिएका हुन् । दक्षिणी हद्रमत प्रान्तस्थित मुकल्ला सहरको विमानस्थलसँगै लडाकूहरुले एउटा बन्दरगाह र तेल उत्पादन केन्द्रसमेत नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

photo_photo_final_final8विद्रोही लडाकूले आक्रमण गरेपछि एअरपोर्ट सुरक्षार्थ खटिएको सरकारी सेना सहर छोडेर भागेको बताइएको छ । सरकारी सेना र हुथी लडाकूबीच संघर्ष चर्कंदै जाँदा यमनमा पछिल्ला दिनहरुमा अलकायदा लडाकूको प्रभावसमेत बढ्दै गएको छ । राजधानी साना, अदेनलगायतका मुख्य सहरहरुमा भने सरकारी सेनालाई साथ दिँदै साउदी अरबियाको नेतृत्वमा गठबन्धन सेनाले हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१