आइपीएल क्रिकेटमा राजस्थानको लगातार चौथो जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७२, शुक्रबार ११:३६

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ । विहीबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदै राजस्थानले नयाँ सिजनको शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको हो । खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन मात्रै बनाउन सक्यो । हैदरावादका लागि इयोन मोर्गानले २७ रन तथा नमन ओझाले २५ रनको योगदान दिए । कसिलो बलिङ गरेका राजस्थानका धवल कुलकर्नीने ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए ।
khel-final-final9जवाफमा १ सय २८ रनको झिनो लक्ष्य पार गर्न राजस्थानलाई खेलको अन्तिम बलसम्म कुर्नुपर्‍यो । अन्तिम दुई ओभरमा १२ रन चाहिएको अवस्थामा ६२ रन बनाएका अजिन्क्या रहाने आउट भएपछि राजस्थानको इनिङ धर्मराएको थियो । तर, अन्तिम बलमा १ रन चाहिएको बेला जेम्स फल्कनरले चौका प्रहार गर्दै टोलीको जित सुरक्षित गरे । जितसँगै राजस्थान चार खेलबाट ८ अंकका साथ तालिकाको शीर्ष स्थानका कायमै छ । २ खेलबाट ४ अंक जोडेको चेन्नाई सुपर किंग्स दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको कोलकाता तेस्रो स्थानमा छ । आइपीएलमा शुक्रबार राति मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१