जाजरकोटमा थप दुई जनाको ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७२, शुक्रबार १०:२५

जाजरकोट,४ बैशाख ।  रोग प्रभावित जाजरकोटमा थप दुई जनाको ज्यान गएको छ । अर्छानी गाविस २ का ५० वर्षिय बलबहादुर नेपाली र अर्छानी ७ का ५८ वर्षका हंसबहादुर शाहीको आज ज्यान गएको हो ।  ज्यान गुमाएका दुवै जनाले उपचार नपाएका उज्यालो सहकर्मी राजेन्द्र कार्कीले जनाएका छन् । यो सँगै जाजरकोटमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।  घरबाट स्वास्थयसंस्था धेरै टाढा भएकाले पनि धेरैजसो विरामीले उपचार पाएका छैनन ।  घरबाट ४ देखि ५ पैदल पैदल हिडे पछि मात्र स्वास्थ्यसंस्था पुग्न सकिन्छ । त्यस्तै एउटा घरहरु पनि टाढा टाढा भएकाले घरमै पुगेर उपचार सेवा दिन पनि सम्भव नभएको सरकारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१