कोरियन भाषा परीक्षाको आवेदन विहीबारदेखि सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार १७:२९

eps-10काठमाडौं,३ बैशाख । रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत् कोरियाका लागी लिइने कोरियन भाषा परीक्षाको आवेदन विहीबारदेखि सुरु भएको छ  । भाषा परीक्षाको फर्म काठमाडौं उपत्यकाभित्र ५ स्थानमा र उपत्यकाबाहिर धरान, जनकपुर, बुटवल, पोखरा र डडेलधुरामा  वितरण गरिँदैछ । कोरियन भाषा परीक्षाका लागि १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका नेपालीले आवेदन भर्न पाउनेछन् । ती बाहेक फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएका, कोरिया गएर गैरकानुनीरुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएका र नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएका व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवदेन आगामी वैशाख ६ गतेसम्मका लागि खुल्ला गरिएको छ भने भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सन्चालन हुनेछ । परीक्षाको नतीजा भने आगामी श्रावण १६ गते प्रकाशन गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१