थापाको निधनको शोकमा शुक्रबार सार्वजनिक बिदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार १७:२४

काठमाडौं,३ बैशाख । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहीबार दिउँसो बसेको बैठकले शुक्रबार राजकीय सम्मानका साथ थापाको अन्त्येष्टि गर्ने, देशभर तथा विदेशस्थित कूटनीतिक नियोगहरुमा नेपाली राष्ट्रिय झन्डा आधा झुकाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी एक दिन आधा झण्डा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने बैठकले निर्णय गरेको छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरिरलाई राप्रपा केन्द्रीय कार्यालय चाबहिल र दशरथ रंगशालामा राखिने छ ।

surya ८८ वर्षको उमेरमा उनको भारतको मेदान्त अस्पतालमा निधन भएको थियो। क्यान्सरमा पिडित उनको उपचारको क्रममा निधन भएको हो। दिल्लीसंग खास सम्वन्ध रहेका मानिएका थापाले अन्तिम श्वासमा पनि दिल्लीमा फेरेका थिए । २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए।  पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। २०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए। २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीयरूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भएका थिए। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञमध्ये एक मानिन्छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१