पत्रकार गुरुङको उपचारका लागि सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार १२:२४

काठमाडौँ, १ जेठ ।
दुवै मिर्गाैला खराब भई हाल भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि मिलीजुली तमू समाजले रु एक लाखभन्दा बढी सहयोग गरेको छ ।

समाजले बुधबार यहाँ पत्रकारसम्मेलनको आयोजना गरी रु एक लाख २१ हजार ५४५ गुरुङको उपचारका लागि सहयोग गरेको हो ।

समाजका अध्यक्ष क्षत्रबहादुर गुरुङले पत्रकार गुरुङको स्वास्थ्योपचार सहयोग समितिका संयोजक तथा फोनिज अध्यक्ष डण्ड गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

समाजका अध्यक्ष क्षत्रबहादुर गुरुङले सो रकम स्याङ्जाका विभिन्न गाविस आरुखर्क, फेदीखोला, पुम्दीभुम्दी, कृस्ती नाच्ने चौरलगायत काठमाडौँमा बसोबास गर्ने गुरुङ समुदायबाट सङ्कलन भएको बताउनुभयो ।

पत्रकार गुरुङको उपचारका लागि यसअघि रु सात लाख ६३ हजार सहयोग रकम सङ्कलन भइसकेको समितिले जनाएको छ । पत्रकार गुरुङलाई हाल डायलोसिस गराइरहेको र दुई–तीन हप्तापछि मिर्गाैला प्रत्यारोपणको प्रक्रिया सुरु हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१