बार्सिलोनालाई दुई गोलको अग्रता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार १३:०२

barshilonaएजेन्सी । स्प्यानिश क्लव बार्सिलोनाले लुइस स्वारेजको नायकत्वमा पेरिस सेन्ट जेरमाइनविरुद्ध च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३–१ को जित हात पारेको छ । नेयमारले १८ औं मिनेटमा अग्रता दिलाएकोमा स्वारेजले ६७ औं र ७९ औं मिनेटमा गोल थप्दै बार्सिलोनाको जित सम्भव बनाएका हुन् । लियोनल मेसीको एउटा सशक्त प्रहार पोष्टमा लागेर बाहिरिएको थियो । जेरेमी म्याथ्युले आत्मघाती गोल गरेपछि पेरिस सेन्ट जेरमाइनले ८२ औं मिनेटमा सान्त्वना गोल पाएको थियो । उता, अर्को खेलमा एफसी पोर्तोले जर्मन क्लव वायर्न म्युनिखविरुद्ध ३–१ कै अग्रता लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१