स्वाइन् फ्लुका कारण बन्द भयो जाजरकोटका सबै बिद्यालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार १२:२५

jajarkotजाजरकोट,३ बैशाख । जाजरकोटमा स्वाइन् फ्लुका कारण दैनिक रुपमा बिरामी बढेपछि जिल्लाका सबै बिद्यालय बन्द गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले आजबाट लागू हुने गरी जिल्लाका ४ सय ३२ बिद्यालय बन्द गरिएका हुन् । बिद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहांबाट छिटो संक्रमण बढ्ने भन्दै बिद्यालय बन्द गरिएको जनाइएको छ । प्रभावित गाउंहरुमा आजबाट नेपाली सेनाको चिकित्सकसहितको टोलिले पनि उपचार शुरु गरेको छ । जाजरकोटमा दुई साता यता फैलिएको टाउको दुख्ने, बान्ता आउने र ज्वरो आउने रोगका कारण हालसम्म १७ जनाले ज्यान गुमाईसकेका छन् । जसमा तीन जनामा स्वाइन् फ्लु संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१