सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्तिम संस्कार,शुक्रबार राष्ट्रिय विदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार ११:३९

काठमाडौं,३ बैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ । शुक्रबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको हो । राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिमा सरकारका तर्फबाट सचिव नारायण गोपाल मलेगु र परिवारका तर्फबाट नाति सिद्धार्थ थापा सदस्य छन् । समितिले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाउने राप्रपाका सहायक महामन्त्री हेमजङ गुरुङले दैनिक नेपाललाई जानकारी दिनुभयो । पाँच पटक नेपालको प्रधानमन्त्री बनेका थापाको निधनमा शोक मनाउन सरकारले शुक्रबार राष्ट्रिय विदा दिने भएको छ ।  आन्द्राको क्यान्सरबाट पीडित थापाको शुक्रवार अप्रेशन गरिएको थियो ।

suryabahadur-thapaअप्रेसनपछि उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तीन वर्षअघि उनी हृदयाघातबाट सिकिस्त भएका थिए । त्यसपछि बिग्रिएको स्वास्थ्यको उपचार गर्न चैत १५ गते उनी भारत गएका थिए । थापा पञ्चायत र प्रजातन्त्र पुनस्र्थापनाकालसमेत गरी पाँच पटक प्रधानमन्त्री बनेका थिए । दिल्ली, राजतन्त्र सबैसँग समन्वयकारी भूमिका खेल्न माहिर राजनीतिक खेलाडी थापा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको पालामा गरी उनी पाँच पटक प्रधानमन्त्री भएका हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१