फार्कविरुद्वको कारवाही स्थगन गर्ने कोलम्बियाको निर्णय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार ११:३५

एजेन्सी । कोलम्बियाले फार्क विद्रोही विरुद्वको आफ्नो अभियान स्थगन गर्ने निर्णय गरेको छ । कोलम्बियाको कउकामा विद्रोही समूह गुरिल्लासँग भएको संघर्षमा आफ्ना १० जना सैनिकको मृत्यु भएपछि कोलम्बियाले सो निर्णय गरेको हो । कोलम्बिया सरकारले गत मार्चमा विद्रोही समूहको गतिविधिविरुद्व हवाई हमलाको घोषणा गरेको थियो ।

image1485100876कोलम्बियाका राष्ट्रपति जुवान म्यानुल सान्तोसले अर्को सुचना प्रकाशित नभइन्जेलसम्म फार्क विद्रोही विरुद्व कुनै पनि कार्वाही नगर्न सेनालाई निर्देशन दिनु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । माक्र्सवादी शासनको स्थापनाको माग गर्दे सन् १९६४ देखि फार्क विद्रोही समूहले कोलम्बियामा विद्रोह गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१