पत्याउनु हुन्छ ? हराएको छोरा खोज्दै १८ वर्षदेखि सडकमै बास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार ११:२८

पछिल्ला केही दिन यता चिनियाँ सामाजिक सञ्जालहरुले ग्वो ग्याङताङको एउटा वास्तविक कथालाई महत्वका साथ प्रचार प्रसार गरिरहेका छन् । ४५ वर्षीय ग्याङ ताङले आफ्नो हराएको छोरा खोज्दै १८ वर्षदेखि सडकमा बिताएका छन् ।  उनले सेप्टेम्बर २१, १९९७ देखि उनको छोरा खोज्दै सडकमा हिँडिरहेका छन् । त्यति बेला उनका छोरा ग्वो जेन घरकै अगाडीको गेटबाट अपहरणमा परेका थिए । सानडोङ प्रान्तमा रहेको उनकै घरअगाडीबाट त्यतिबेला एक अध बैंसे महिलाले ती बालकलाई अपरहण गरेकी थिइन् । उनी सँगै खेलीरहेकी सानी बालिकाले यस कुराको जानकारी दिएपछि मात्र उनले आफ्नो छोरा अपहरणमा परेको थाहा पाएका थिए । त्यस पश्चात ग्याङ ताङले छोराको खोजीमै आफ्नो जीवन समपर्ण गर्ने निश्चय गरेका थिए ।  ग्याङताङले हालसम्म छोराको खोजीमा ४ लाख किमीभन्दा बढी दुरीको यात्रा गरिसकेका छन् । उनी चीनका अधिकांश प्रान्त घुमिसकेका छन् ।

Guo-Gangtang-story2त्यस अवधिमा उनल करिब १० वटा मोटरसाइकल प्रयोग गरेका थिए । उनी आफ्नो छोरालाई कसैले चिनिदिने वा छोराका बारेमा महत्वपूर्ण जानकारी पाउने आशामा दुई वटा झण्डा र छोराको पुरानो फोटो लिएर मोटरसाईकलमा यात्रा गर्ने गर्छन् । कुनै बेला आकर्षक शारीरिक बनावट र राम्रो आम्दानी समेत भएका उनी छोराको खोजीमा सडकमै बस्न थालेपछि अनुहार कुरुप हुँदै गएको छ भने शरीर समेत फोहोर बनेको छ । उनले आफ्नो छोरा भेटिन सक्ने भन्दै आफनो प्रयासलाई निरन्तरता दिने बताएका छन् । तर कहिलेकाही भने उनलाई छोराको खोजीमा सडकमा बस्दा पुरानो घर भत्किने चिन्ताले भने सताउने गरेको छ । ‘म सँधै आफूलाई भन्छु, मेरो छोरा भोली भेटिनेछ । तर आज सम्म त्यो भोली आएको छैन,’ उनले भने । उनको यस हृदयविदारक कथामा आधारित भएर सन् २०१५ मा लस्ट एण्ड लभ नामक चलचित्र समेत बनेको थियो । उक्त चलचित्र निर्माण भएपछि अझ उनको चर्चा ब्यापक बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१