केहि समय अगाडी मात्र नेपाल सरकारले सरसफाई दुत बनाएका हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अहिले २ महिनाका लागी अमेरिकामा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन हिडेपछि सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्ना भाई कुमार कट्टेल जिग्रीलाई सरसफाई दुतको जिम्मा सुम्पिदिएका छन् ।
अब जिग्रीले २ महिनासम्म सरसफाइ अभियानमा सहभागी हुनेछन् । कुमार कट्टेल जिग्री नेपाल टेलिभिजनबाट प्रशारण हुदैं आएको चर्चित टेलिश्रृखला भद्रगोलका लोकप्रिय पात्र हुन् । पाल्पा, नेपालगंज र धनकुटाको हिलेमा हुने कार्यक्रमलाईसमेत त्यागेर जिग्री अहिले सरसफाई अभियानमा लागेका छन् । सिताराम कट्टेल ‘धुर्मुस’ले अमेरिका जानुभन्दा अगाडीनै कुमारलाई सरसफाइ अभियानमा सहभागी हुन औपचारिक जिम्मा दिएका थिए । सरसफाई दुत बनेपछि सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले बागमति सरसफाई अभियानमा पनि निरन्तर साथ दिँदै आएका थिए ।
प्रतिक्रिया