विवादै विवादकाविच क्रिकेट संघको साधारणसभा घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार १०:४३

नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारणसभा यही बैशाख ३० गते भैरहवामा हुने भएको छ । संघको हिजो काठमाडौंमा बसेको बोर्ड बैठकले बैशाख ३० गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । चार वर्षअघि चितवनमा पहिलोपटक चुनावी साधारण सभामार्फत चुनिएको टंक आङ्बुहाङ नेतृत्वको कार्यसमितिका अधिकांश सदस्यहरु आर्थीक अनियमिततामा मुछिएर निलम्बनमा परेपछि क्यान अहिले कार्यवाहक अध्यक्ष दिपक कोइरालाको नेतृत्वमा छ ।

canआङ्बुहाङ सहितका १० पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतलमा मुद्दा चलाइरहेको छ । आङ्बुहाङ निलम्बनमा परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी लिएका तत्कालिन वरिष्ठ उपाध्यक्ष तारणीविक्रम शाहको तीन महिनाअघि मृत्यु भएपछि क्यानको नेतृत्व संकट चुलिएको थियो ।
यही विषयमा निर्णय गर्न दुई दिनसम्म बसेको बोर्ड वैठकले चुनावी साधारणसभा घोषणा गर्दै सबै ९ क्षेत्रको लागि क्रिकेट विकाश निर्देशक तथा केन्द्रिय कमिटिको लागि कार्यसञ्चालन व्यवस्थापक नियुक्ती प्रक्रिया समेत सुरु गर्ने नर्णिय गरेको छ । यसैगरी क्यानका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे र फाईनान्स मेनेजर प्रकाश महर्जनको करार अवधि तीन महिनाको लागि थप्ने निर्णय पनि बोर्ड बैठकले गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१