एन.आर.एन अमेरिकालाई सबैको साझा संस्था बनाउने छु : गणेश कुँवर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार १०:२५

अमेरिका,३ बैशाख । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका  गणेश कुँवरले न्युयोर्क राज्यले अन्तक्र्रिया कार्यक्रम गरेका छन । न्युयोर्कको सन्नीसाइडस्थित मालिंगो रेस्टुरेन्टमा करिब १५० भन्दा बढी नेपाली समुदायका अगुवा समाजसेवी, पत्रकार र सर्वसाधारणहरुको उपस्थितिमा सम्पन्न उक्त भब्य सभामा  कुँवरले एन.आर.एन,एन.सी.सी, युएसएको निर्वाचनको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको औचित्यमाथि प्रष्ट पारेका थिए । उनले संस्थाको आर्थिक, साँगठनिक र व्यवस्थापकीय क्षमतालाई सुदृढ बनाई हालको समग्र संस्थागत अवस्थामा परिवर्तन गर्न अफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए । आफू अध्यक्षमा निर्वाचित भएपछि एन.आर.एन संस्थालाई अमेरिकाभरका सबै प्रवासी नेपालीहरुको बास्तविक साझा संस्था बनाउन सबै राज्यहरुमा स्थानीय स्तरमै उत्प्रेरणामुलक किसिमबाट संस्थाको प्रत्येक्ष सदस्यता वितरण गर्ने बताए ।

ganeshसंस्थाको सबै तहको निर्वाचन प्रक्रिया र पद्धतीलाई प्रत्येक्ष, स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन आफ्नो प्रमुख भूमिका रहने प्रतिवद्धता पनि उनले व्यक्त गरे । त्यस्तै आफु अध्यक्ष पदमा निर्वाचित भएमा संगठनको संचालन र बिस्तारमा व्यक्तिगत, राजनीतिक तथा अन्य गुटगत स्वार्थलाई सर्वोपरी गर्नेभन्दापनि निस्वार्थ संस्थागत सामुहिक सेवा भावनालाई व्यवहारिक रुपले नै स्थापित गर्ने÷गराउने तर्फ आफुले ध्यान दिने बताए । उक्त अवसरमा एन.आर.एन,एन.सी.सी, युएसएको निर्वाचनकोलागि अन्य बिभिन्न पदहरुमा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरु सीता खरेल, कुन्ती थापा, प्रकाश बस्नेत, नेदेन दोंगाला, विश्व शाह,  रबिन बज्राचार्य, सत्येन्द्र शाह, हरिश हमाल लगाएतले पनि आ–आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याएका थिए । यसरी चुनावी प्रचार अभियानको लागि तोकिएको अन्तिम दिनहरु नजिकिंदै गर्दा अहिले अमेरिकाका न्युयोर्क लगाएत सबै राज्यका नेपाली प्रवासी समाजहरुमा भावी एनआरएन अध्यक्षका रुपमा कुँवरको पक्षमा व्यापक जनसमर्थन बढ्दैं गएको बताइएको छ । उनीसगें अध्यक्षपद्मा अरु ५ जनाले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१